विरगंज र आरसिटीको बराबरी

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा विरगंज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले बराबरी खेलेका छन्।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा विरगंज र आरसिटीले २-२ गोलको बराबरी खेलेको हो ।
विरगंजले बनाएको दुई पटकको अग्रता उल्टाएर आरसिटीले बराबरी खेलेको हो ।
खेलको ३३ औं मिनेटमा विज्ञान चौधरीले गोल गर्दै विरगंजलाई अग्रता दिलाएका थिए ।
तर, ४१ औं मिनेटमा अमर डंगोलले गोल गर्दै आरसिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४७ औं मिनेटमा कृपाकान्त महतो थारुले गोल गर्दै विरगंजलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८३ औं मिनेटमा अमरले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई २-२ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए ।
यस बराबरीसँगै आरसिटीले ४ खेलमा ५ अंक जोडेको छ ।
विरगंजले ४ खेलमा ५ अंक नै जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।













