बाँसबारीद्वारा मध्यपुरको पोस्टमा आधा दर्जन गोल
शनिबार, फागुन २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा बाँसबारी क्लबले फराकिलो जित निकालेको छ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा बाँसबारीले मध्यपुर युथ एसोसियसनलाई ६-० गोल अन्तरले हराएको हो ।
बाँसबारीको जितमा राजेश पौडेलले ह्याट्रिक गरे । संजय धिमालले दुई तथा सुलेमान थापा मगरले एक गोल गरे ।
बाँसबारीको यो पहिलो जित हो ।
जितसँगै बाँसबारीले ४ खेलमा ४ अंक जोडेको छ ।

मध्यपुरले ४ खेलमा ३ अंक जोडेको छ । मध्यपुरको यो तेस्रो हार हो ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
बाँसबारीद्वारा मध्यपुरको पोस्टमा आधा दर्जन गोल













