एजेन्सी । अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबीच 'को' उत्कृष्ट भन्ने विषयमा सधै विवाद रहदै आएको छ । किनकी दुवै खेलाडी अहिलेको पुस्ताकै सर्वाधिक लोकप्रिय खेलाडी हुन् । दुवै महान खेलाडी हुन् ।
तर, फिफाले सोमबार राति घोषणा गरेको फिफा वर्ष खेलाडी अवार्डमा मेस्सी उत्कृष्ट बने । मेस्सीले उनै रोनाल्डो र लिभरपुलका भिर्गिल भान डाइकलाई पछि पार्दै फिफाको 'द बेष्ट' अवार्ड हात पारे ।
योसँगै पुनः रोनाल्डो र मेस्सीबीच को उत्कृष्ट भन्ने बिषय बाहिर आएको छ । वर्ष खेलाडी अवार्डसँगै मेस्सीले बालोन डी' ओरसहित विश्व फुटबलको सर्वोच्च अवार्ड संख्या ६ समेत पुर्राए । मेस्सीले रोनाल्डोलाई एक अवार्डले पछि बनाए । रोनाल्डोले बालोन डी' ओर सहित ५ मुख्य अवार्ड जितेका छन् ।
मेस्सीले यस वर्ष फिफा वर्ष खेलाडी अवार्ड जित्न सर्वाधिक मत प्राप्त गरे । मेस्सीले फिफाको सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकहरुको सर्वाधिक मत प्राप्त गरे । मेस्सीले अवार्ड जित्ने क्रममा कुल ४६ प्रतिशत मत प्राप्त गरे । दोस्रो स्थानको भान डाइकले ३८ र तेस्रो रोनाल्डोले ३६ प्रतिशत मत पाएका थिए ।
फिफाले अवार्ड सकिए लगत्तै भोट गर्नेहरुको सूची सार्वजनिक गरेको थियो । जसमा मेस्सीले दोस्रो नम्बरमा रोनाल्डोलाई भोट गरेका थिए । तर, ठिक विपरित रोनाल्डोले भने मेस्सीलाई भोट गरेनन् ।
अनौठो त के छ भने रोनाल्डोले यस वर्ष मात्र हैन अहिलेसम्म मेस्सीलाई कहिलै भोट गरेका छैनन् । फिफा द बेष्ट र बालोन डी'ओरको पछिल्लो १० वर्षको तथ्यांक अनुसार मेस्सीले भने रोनाल्डोलाई दुई पटक भोट गरेका छन् ।
हेर्नुहोस् पछिल्लो १० वर्षको भोटको नतिजा :
