काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका भेट्रान बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् ।
राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा शनिबार पोखरा राईनोजबाट खेलेका शक्तिले चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् ।
शक्तिले नेपाली राष्ट्रिय टोलीबाट भने यसअघि नै सन्यास लिएका थिए । नेपाली टोलीका सफल बलर मानिने शक्तिलेगत जुलाईमा नेदरल्याण्डसविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
तर, शक्तिको जारी ईपीएल खेल जीवनको अन्तिम प्रतियोगिता रह्यो । अब ३४ बर्षीय शक्ति नेपाली क्रिकेटमा फरक भूमिकामा देखिनेछन् ।
क्रिकेट करियरको अन्तिम खेलपछि चितवन र पोखराका खेलाडीहरुले शक्तिलाई खेलाडीहरुले गार्ड अफ अनर दिएका थिए । यस्तै शक्तिलाई बोकेर मैदान परिक्रमा गराएका थिए ।
शक्ति समर्थकमाझ शक्ति द पावर नामले चिनिन्छन् । नेपाली क्रिकेट टोलीमा १६ बर्ष बिताएका शक्तिले सन् २००२ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा ओमानविरुद्ध खेल्दै गौचनले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । राष्ट्रिय टोलीमा डेब्यु गर्नुअघि गौचनले यू - १७ टोलीको कप्तानी र यू - १९ टोलीबाट खेलेका थिए । शक्तिले सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपमा पहिलो नेपालको जर्सी लगाएका थिए ।
शक्ति एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन् । अन्तराष्ट्रिय खेलमा शतक प्रहार गर्ने उनी नेपालका दोस्रो खेलाडी हुन् ।