काठमाडौं । भैरहवा ग्लाडीयटर्सका कप्तान शरद भेषावकरले बलिङ समस्या देखिदा टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो हार व्यहोर्नु परेको बताएका छन् ।
टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा भैरहवा काठमाडौं किङ्स इलाभेनसंग ७ विकेटले पराजित भएको थियो । खेलपछि कप्तान शरदले टिमले उच्च प्रदर्शन गरेपनि हारको मुख्य कारण बलिङ देखिएको बताए ।
'हामीले राम्रो रन बनाएका थियौं । समग्रमा हाम्रो राम्रो भयो,' कप्तान शरदले भने, 'बलिङमा केहि कमजोरी भयो ।'
कप्तान शरदले टिमले राम्रो खेल्दा खेल्दै पनि संयोगबस हार्न पुगेको समेत बताए ।
'ओपनिङ पनि राम्रै भयो। रबी इन्दर सिंहसंगको साझेदारी पनि राम्रै भयो । संयोगले खेल हार्न पुग्यौ अब आउने खेलहरुको प्रदर्शन हेर्न लायक हुनेछ.' कप्तान शरदले थपे ।
भैरहवाले अब अन्तिम खेलमा आइतबार ललितपुर प्याट्रीयट्ससंग खेल्नेछ । जारी ईपीएलमा भैरहवा प्ले अफ पुगिसकेको छ ।