काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले केहि बेरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेटमा मैदानमा चितवनले टस जितेको छ । र, फिल्डिङ रोज्दै पोखरालाई ब्याटिङको निम्तो दिएको हो ।
यस खेल चितवनका लागि महत्वपूर्ण रहेको छ । चितवनलाई प्ले अफको सम्भावना कायम राख्न यस खेल जित्नै पर्ने दबाब छ ।
चितवनले ४ खेलबाट २ अंक जोडेको छ । चितवनको यो अन्तिम खेल हो ।
यता,पोखराका लागि यस खेल प्रतिष्ठा लडाई मात्र हुनेछ । तर, पोखरालाई पहिलो जित निकाल्ने अवसर भने रहेको छ । अघिल्ला चार खेल गुमाएर प्ले अफबाट बाहिरिएको पोखराले अंक जोड्न सकेको छैन ।
यस खेल नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य शक्ति गौचनको अन्तिम खेल हुनेछ । यस खेलबाट शक्तिले क्रिकेटबाट सन्यास लिने छन् । शक्ति पोखरामा रहेका छन् ।