काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स इलाभेनबीच प्रतिस्पर्धा भईरहेको छ ।
टियु क्रिकेटमा मैदानमा काठमाडौंले टस जितेको छ र पहिले फिल्डिङ गरिरहेको छ । अहिले भैरहवाले ब्याटिङ गरिरहेको छ । १३ ओभरको खेल सकिदा भैरहवाले ३ विकेट गुमाएर ६४ रन जोडेको छ ।
काठमाडौंविरुद्ध मैदान उत्रदा भैरहवा लगातार चौथो जितको खोजीमा रहेकोछ । दुई खेल अगावै प्ले अफमा पुगेको भैरहवा जित निकाल्दै शीर्ष दुई स्थानमा रहने प्रयासमा हुनेछ । दोस्रो स्थानमा रहेको भैरहवाले ३ खेलबाट ६ अंक जोडेको छ ।
यता, काठमाडौं भैरहवालाई हराएर आफ्नो प्ले अफ सुरक्षित गर्न चाहन्छ । तीन खेलबाट ४ अंक जोडेर काठमाडौं चौथो स्थानमा छ । भैरहवालाई हराएमा काठमाडौंको प्ले अफ सम्भावना बलियो हुनेछ ।
यस्तै शनिबार हुने दोस्रो खेलमा चितवन र पोखराबीच अपरान्ह १ बजे प्रतिस्पर्धाका लागि मैदान उत्रदै छन् ।