एजेन्सी । पाहुना टोली भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले मध्यम सुरुवात गरेको छ ।
पर्थमा शुक्रबार सुरु दोस्रो टेष्टको पहिलो दिन अष्ट्रेलिया मध्यम प्रदर्शन गर्दै २७७ रन जोडेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा ६ विकेट गुमाएर २७७ रन जोडेको हो ।
अष्ट्रेलियाका लागि मार्कुस हारिसले ७० रनको अर्धशतकीय इनिङस खेल्द टिम हेडले पनि ५८ रन बनाए । यस्तै आरोन फिन्चले ५० रनको अर्धशतकीय इनिङस खेले । अष्ट्रेलियाका टिम पेईन १६ तथा पाट कुमिन्स ११ रनमा अविजित छन् ।
भारतका इशान शर्मा र हनुमा विहारीले समान २/२ विकेट लिए ।
घरेलु टोली अष्ट्रेलियाविरुद्धको ४ खेलको टेष्ट सिरिजमा भारतले १ - ० को अग्रता बनाईसकेको छ ।