काठमाडौं । घरेलु टोली भारतले न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ ।
बुधबार राती सम्पन्न तेस्रो टी-ट्वान्टी खेलमा १ सय ६८ रनको सानदार जित निकालेको भारतले तीन खेलको टी-ट्वान्टी सिरिज २-१ ले जितेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य न्युजिल्याण्डले १२.१ ओभरमा ६६ रनमा अलआउट भयो ।
पाहुना टोलीका लागि ड्यारियल मिचेलले ३५ तथा कप्तान मिचेल स्यान्टेनरले १३ रन बनाए । न्युजिल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
घरेलु टोलीको जितमा कप्तान हार्दिक पाण्ड्याले ४ तथा अर्शदिप सिंह,उमरान मल्लिक र शिभम माभीले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ३४ रन बनायो ।
घरेलु टोलीका लागि ओपनर शुभमन गिलले ६३ बलमा अविजित १ सय २६ रनको शतकीय ईनिङ खेले । उनले १२ चौका र ७ छक्का प्रहार गरे ।
राहुल त्रिपाटीले २२ बलमा ४४ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्याले १७ बलमा ३० रन बनाए । सुर्यकुमार यादवले १३ बलमा २४ रन बनाए ।
पाहुना टोलीका लागि माईकल ब्राकवेल,ईस सोधी,बिएर टिक्नर र ड्यारियल मिचेलले समान १/१ विकेट लिए ।