काठमाडौं । कलैया क्रिकेट क्लब बारा सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पाँचौ दिन फुलबारी क्रिकेट क्लब, सुनसरी र सिरहा क्रिकेट क्लब, सिरहा विजयी भएका छन्।
बिस्नुपुरस्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा मंगलबार भएको पहिलो खेलमा फुलबारीले होराइजन क्रिकेट क्लबलाई १० रनले पराजित गर्यो ।
फुलबारीले दिएको ११० रनको लक्ष्य पछ्याएको होराइजनले निर्धारित १५ ओभरमा ९ विकेट क्षेतीमा ९९ रन मात्र बनाउन सक्यो। होराइजनको लागि लभ कामतले २४, श्रवन यादवले १८ तथा कुनाल दंगालले १६ रन बनाए।
फुलबारीका बलर आशिष मण्डलले ४ विकेट लिए जो प्लेयर अफ द म्याच घोषित भए। सिबम यादवले २ तथा अमिर तिम्सिनाले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिङ गरेको फुलबारीले निर्धारित १५ ओभरमा ९ विकेट गुमेर १०९ रन बनायो। उसको लागि रबिन मण्डलले २५, सिबम यादवले १९, सुमन गहतराजले १६ तथा विवेक मेहताले १४ रन बनाए। होराइजनका बलर श्रवन यादव र दिपक जोशीले ३/३ विकेट लिए।
दोस्रो खेलमा सिरहाले राजविराज ब्रदर्श, राजविराजलाई ५ विकेटले पराजित गर्यो।
राजविराज ब्रदर्शले दिएको १३१ रनको लक्ष्य सिरहा क्रिकेट क्लबले ५ विकेट क्षतिमा १७.१ ओभरमा भेटायो । सिरहाको जितमा रुपेश सिंहले आक्रामक अर्धशतक बनाए। उनले २३ बलमा २ चौका र ६ छक्का मद्दतले अविजित ५६ रन बनाए। सैलेन्द्र शाहले २१, राकेश कामतले १९ तथा दिपेश दासले १३ रन बनाए।
राजविराजका चित्र बिस्टले ३ तथा गजेन्द्र बोहराले २ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको राजविराज ब्रदर्शले २० ओभरमा सबै विकेट गुमाएर १३० रन बनायो। उसको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलिप नाथले ५१ रन बनाए जुन क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। राहुल बिकले ३० तथा निरज यादवले १५ रन बनाए।
सिरहाका बलर रुपेश सिंहले ४ तथा अभिशेख तिवारी र तर्पेश्वर मुखियाले १/१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत बिहीबार बिवीए सप्तरी र युसीसी पर्साबीच प्रतिस्पर्धा हुनेछ ।
युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।