काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर अभिनास बोहोरा आईसीसी टी-ट्वान्टी बलिङ वरीयताको शीर्ष १०० भित्र अटाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा बोहोरा १०० औं स्थानमा रहेका छन् ।
यस अघि उनी एक सयौं स्थान भन्दा तल रहेका थिए ।
बलिङतर्फ भने सन्दीप लामिछाने ७० औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङ तर्फ भने ब्याटर कुशल भुर्तेल ५१ औं स्थानमा यथावत रहेका छन् ।
अर्का ब्याटर दीपेन्द्र सिंह ऐरी भने ५८ औं स्थानमा यथावत रहेका छन् ।
अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहेका छन् ।
टी-ट्वान्टी वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।