काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय करार सम्झौतामा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।
पोखरामा मंगलबार बसेको बोर्ड बैठकले अनुमोदन गरेपछि क्यानले केन्द्रीय करारमा अटाएका पुरुष र महिला गरि ३० जना खेलाडीको सूची सावजनिक गरेको हो ।
क्यानले २०२३ को जनवरी देखि जुनसम्म गरि ६ महिनाका लागि पुरुषतर्फ १८ र महिलातर्फ १२ खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ ।
क्यानले केन्द्रीय करारमा रहेका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ ।
जसमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल 'बी' श्रेणीमा घटुवा भएका छन् ।
पूर्व कप्तान सन्दीप लामिछाने सम्झौतामा परेका छैनन् । क्यानले हालै उनको निलम्बन फुकुवा गरेको छ ।
वर्गीकरण अनुसार पुरुषतर्फ 'ए' श्रेणीमा रोहित पौडेल,सोमपाल कामी,आसिफ शेख,करण केसी र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
'बी' श्रेणीमा आरिफ शेख,कुशल भुर्तेल तथा ज्ञानेन्द्र मल्ल रहेका छन् ।
'सी' श्रेणीमा कमल सिंह ऐरी,गुलसन झा,विनोद भण्डारी,अर्जुन साउद,ललित नारायण राजवंशी,अबिनास बोहोरा,देव खनाल,कुशल मल्ल,सागर ढकाल र विवेक यादव रहेका छन् ।
महिलातर्फको 'ए' श्रेणीमा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा रहेका छन् ।
त्यस्तै 'बी' श्रेणीमा काजोल श्रेष्ठ,अस्मिना कर्माचार्य र कविता कुवँर रहदा 'सी' श्रेणीमा कविता जोशी बिन्दु रावल,संगिता राई,ममता चौधरी,ज्योती पाण्डे र अप्सरी बेगम रहेका छन् ।