काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)को कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।
पोखरामा मंगलबारबाट सुरु भएको क्यानको बोर्ड बैठकको पहिलो दिन कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजिनामा दिएपछि पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिईएको हो ।
नेपाल टी-ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका थिए ।
उनको राजीनामा बुधबार स्वीकृति भएसँगै पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिईएको हो ।
'नेपाली क्रिकेटमा अहिले धेरै समस्याहरु आईरहेको समयमा मलाई विश्वासका साथ जुन जिम्मेवारी दिनुभएको छ । यसमा आफुले सक्ने जति पूरा मेहनत दिनेछु,' पाठकले खेलपाटीसँग भने 'मलाई सम्बन्धित सबैले साथ दिनु हुनेछ भन्ने विश्वास रहेको छ ।'
गत वर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।