एजेन्सी । भारतीय युवा ओपनर ऋतुराज गायकवाडले एकै ओभरमा ७ छक्का प्रहार गरेर नयाँ किर्तिमान कायम गरेका छन् ।
जारी रहेको विजय हजारे ट्रफीमा महाराष्ट्र टोलीको कप्तान समेत रहेका गायकवाडले एकै ओभरमा ७ छक्का हान्दै कुल ४३ रन जोडेका छन् ।
लिष्ट 'ए' मान्यता प्राप्त खेलमा उत्तर प्रदेशविरुद्ध एकै ओभरमा ७ छक्का हानेका हुन् । उनले ४९ औं ओभरमा शिव सिंहलाई पहिलो,दोस्रो,तेस्रो र चौथो बलमा लगातार चार छक्का हानेका थिए ।
पाँचौं बलमा पनि उनले छक्का प्रहार गरे । तर, पाँचौ बल नो बल भए पछि उनले प्राप्त गरेको अर्को बलमा समेत छक्का हानेका थिए । अन्तिम बलमा समेत छक्का हान्दै इतिहास रचेका हुन् ।
क्रिकेट इतिहासमा मान्यता प्राप्त खेलमा एकै ओभरमा ७ छक्का पहिलो पटक प्रहार भएको हो ।
उनले भारतबाट एक एकदिवसीय अन्तराष्ट्रिय र ९ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्ने उनले लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।