काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि १ सय ६२ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले लुम्बिनीलाई १ सय ६२ रनको लक्ष्य दिएको हो । मौसमका कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा घटाईएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३६.३ ओभरमा अलआउट हुदै १ सय ६१ रन बनायो।
गण्डकीका लागि सुदिप अर्यालले २० बलमा ३६ रनको योगदान गरे । दिपक डुम्रेले ४६ बलमा ३० रन जोड्दा करन पंगेनीले ५३ बलमा २९ रन जोडे ।
शिशिर भुषालले अविजित १२ तथा गोविन्द विकले १० रन बनाउँदा लुम्बिनीले १६ रन अतिरिक्तका रुपमा दिएको थियो ।
लुम्बिनीका लागि दुर्गेश गुप्ताले ५ तथा निर्मल गुरुङले ३ विकेट लिए ।
लुम्बिनी २ खेलमा १ जित तथा १ हारका साथ २ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आजको खेल जितेर लुम्बिनी तेस्रो स्थानमा कायम रहिरहन चाहान्छ ।
तीन खेलमा अंक बिहिन गण्डकी आजको खेलमा पहिलो अंक जोड्न चाहान्छ । आजको खेलमा पराजित भएमा गण्डकी यस प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।