काठमाडौं । घरेलु टोली भारतविरुद्धको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीका विजयी भएको छ ।
मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४९ रनले हराएको हो ।
दक्षिण अफ्रीकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रन बनायो ।
भारतका दिनेश कार्तिकले ४६ रन जोडे । दीपक चाहरले ३१ तथा ऋषव पन्थले २७ रन बनाए ।
उमेश यादवले अविजित २० र हर्सल पटेलले १७ रन बनाए ।
दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ तथा वायन प्रनिल, लुंगी एनजिडी र केशव महाराजले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका रिली रस्सोले अविजित १०० रनको शतकीय इनिङ खेले ।
क्विन्टन डी ककले ६८ रनको अर्धशतकीय इनिङ खेले । ट्रिस्टान स्टुब्सले २३ तथा डेभिड मिलरले अविजित १९ रन बनाए ।
भारतका दीपक चाहर र उमेश यादवले १/१ विकेट लिए ।
अन्तिम खेलमा पराजित भएपनि भारतले ३ खेलको सिरिज २-१ ले जितेको छ ।