काठमाडौं । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले टी-ट्वान्टी विश्वकप क्रिकेटमा ४ नम्बरमा ब्याटिङ गर्ने भएका छन् ।
इंग्ल्यान्डको टेस्ट टिमको कप्तान समेत रहेका स्टोक्सले अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा ४ नम्बरमा ब्याटिङ गर्ने भएका हुन् ।
स्टोक्सले टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन पटक मात्र ५ नम्बर भन्दा माथि ब्याटिङ गरेका छन् ।
टेस्टमा व्यस्त स्टोक्सले २०२१ पछि टी-ट्वान्टी अन्तराष्ट्रिय समेत खेलेका छैनन् ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
इंग्ल्यान्ड अघिल्लो संस्करणमा न्युजिल्याण्डसँग ५ विकेटले पराजित हुदै सेमिफाईनलबाट बाहिरिएको थियो ।
इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।