काठमाडौं । भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् ।
बीसीसीआईले बुमराहले विश्वकप गुमाउने पुष्टि गरेको क्रिकइन्फोले जनाएको छ ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
भारतले पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
चोटको कारण बुमराहले एसिया कप क्रिकेट गुमाएका थिए ।
यस्तै उनले अष्ट्रेलिया र दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाएका थिए ।