काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टोली विजयी भएको छ ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आईतबार राति भएको खेलमा यूएई ८६ रनले पराजित भएको हो ।
घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा स्कटल्याण्डको यो तेस्रो जित हो ।
घरेलु टोलीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको यूएई ४१ ओभरमा अलआउट हुदै १ सय ६८ रन बनायो । उसका लागि भृत्य अरबिन्दले ५० रनको अर्धशतकीय ईनिङ खेले ।
मोहम्मद वासिम तथा कासिफ दाउदले २३/२३ रन बनाए ।
घरेलु टोलीका मार्क वाटले ५ तथा क्रिस सोलले २ विकेट लिए । हम्जा ताहिर,सफियान सरिफ र मिचेल लिग्सले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन बनायो । उसका लागि उसका लागि कलुम म्याकलोयड र म्याथ्यु क्रसले अर्धशतकीय ईनिङ खेले ।
कप्तान क्रसले ८५ तथा म्याकलोयडले ७७ रन बनाए । मार्क वाटले २९ तथा मिचेल जोन्सले १४ रन बनाए । यूएईका अहमद राजा तथा वासिल हमिदले २/२ तथा रोहन मुस्ताफा,कासिफ दाउद,जाहोर खान र जुनेद सिद्धिकिले समान १/१ विकेट लिए ।
सिरिज अन्तर्गतको चौथो खेल अमेरिका र यूएईबीच सोमबार हुनेछ ।