काठमाडौं । घरेलु टोली आयरल्याण्डले अफगानस्तानलाई दोस्रो टी-ट्वान्टीमा पराजित गरेको छ ।
बेलफास्टमा बिहीबार राति भएको खेलमा पाहुना टोली ५ विकेटले पराजित भएको हो ।
जितसँगै ५ खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोलीले २-० को अग्रता बनाएको छ ।
अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य घरेलु टोलीले ६ बल बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि कप्तान एन्डी बालबेर्नी ४६ तथा लुर्केन टुर्केर २७ रन बनाए ।
जर्जी ड्याकरोलले अविजित रहदै २५ रन बनाए ।
पाहुना टोलीका लागि कप्तान मोहम्मद नाबीले २ तथा मुजिब उर रहमान,फजहक फरिकि तथा नभिन उल हकले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनायो ।
उसका लागि हजमतुल्लाह शाहिदीले ३६ तथा ईब्राहिम जाड्रनले १७ रन बनाए । अजमतुल्लाह उमरजाईले ११ तथा नभिन उल हकले अविजित १० रन बनाए ।
आयरल्याण्डका लागि कुर्थिस च्याम्फियर,गारिथ डिलेनी,मार्क अडिर तथा जोस लिटिलले समान २/२ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो टी-ट्वान्टी शुक्रबार हुनेछ ।