इटहरी । इटहरी क्रिकेट एकेडमीको आयोजनामा भएको अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि वाइ पोनटिङले जितेको छ ।
इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा बिहीबार भएको फाइनलमा वाइ पोनटिङले पशुपति स्कुललाई ५ विकेटले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित ८ ओभरको खेलमा ६.३ ओभरमा अल आउट हुँदै ४४ रन बनायो।
पशुपति स्कुलले दिएको लक्ष्य वाइ पोनटिङले ५.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । वाइ पोनटिङका लागि रमन साहले सर्वाधिक २० रन बनाउदै म्यान अफ द फाइनल घोषित भए ।
प्रतियोगिताको विजेता टोलीलाई प्रमुख अथिति तथा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरे ।
प्रतियोगितामा उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिइने एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जनाए ।
प्रतियोगिताको उत्कृष्ट ब्याटसम्यान र म्यान अफ द सिरीजको उपाधि आकाश सर्राफले पाए । त्यस्तै उत्कृष्ट बलरको उपाधि सबिन निरौलाले पाए ।
अविरल गौतमले प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि पाए । प्रतियोगिताको उत्कृष्ट प्रतिभाशाली टोलीको उपाधि माउन्ट मकालु स्कुलाई प्रदान गरिएको छ ।
उत्कृष्ट अनुशासित टोलीको उपाधि डिभिएम स्कुलले पाएको छ ।