काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ पहिलो साता केन्या जाने भएका छन् ।
घरेलु टोली केन्यासँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली भदौ पहिलो साता केन्या जाने भएको हो।
नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भदौ ७ मा केन्या पुग्ने गरी टोली त्यसतर्फ जाने बताए।
'नेपाली टोली अगस्ट २३(भदौ ७) मा केन्या पुग्ने कार्यतालिका रहेको छ ,' मल्लले खेलपाटीसँग भने 'नेपाली टोली २३ तारिख(भदौ ७)मा नै यताबाट हिड्छ कि २२ तारिख(भदौ ६)मा नै हिड्छ अहिले सम्म निश्चित भएको छैन ।'
नेपाली टोलीको प्रस्थान मिति भने केहि दिनमा नै निश्चित हुने मल्लले जानकारी दिए ।
नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी अगस्ट ३० मा हुनेछ ।
त्यस लगत्तै ३ खेलको एकदिवसिय सिरिज हुनेछ ।
पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ ।
केन्या भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
नेपाली टोली :
सन्दीप लामिछाने(कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख, आरिफ शेख(विकेट किपर),दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद(विकेट किपर), पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव