काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी-ट्वान्टीको ब्याटिङ वरीयतामा यथावत रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र ४२ औं स्थानमा यथावत रहेका छन् ।
अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८ औं स्थानमा यथावत रहेका छन् । ब्याटिङतर्फ आसिफ शेख एक स्थान तल झदै ९८ औं स्थानमा रहेका छन् ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन् ।
बलिङमै अविनाश बोहरा दुई स्थान तल झरेर ९४ औं स्थानमा रहेका छन् ।