काठमाडौं । घरेलु टोली आयरल्याण्डले अफगानस्तानलाई पहिलो टी-ट्वान्टीमा पराजित गरेको छ ।
बेलफास्टमा मंगलबार राति भएको खेलमा पाहुना टोली ७ विकेटले पराजित भएको हो ।
जितसँगै ५ खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।
अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी रहँदा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि लुर्केन टुर्केर र एन्डी बालबेर्नीले अर्धशतकीय इनिनिङ खेले । कप्तान बालबेर्नीले ५१ तथा टुर्केरले ५० रन बनाए ।
पउल स्ट्रलिङले ३१ तथा ह्यारी टेक्टरले अविजित २५ रन बनाए ।
पाहुना टोलीका लागि मुजिब उर रहमान,कप्तान मोहम्मद नाबी तथा नभिन उल हकले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनायो ।
उसका लागि उस्मान घानीले ५९ रनको अर्धशतकीय इनिङ खेले । ईब्राहिम जाड्रनले अविजित २९ तथा रमिउल्लाह गुर्बाजले २६ रन बनाए ।
आयरल्याण्डका लागि वारी म्याककार्थीले ३ तथा जर्जि ड्याकरोलले २ विकेट लिए ।
दुई टोलीबीचको दोस्रो टी-ट्वान्टी बिहीबार हुनेछ ।