काठमाडौं । इटहरीमा पहिलो पटक आयोजना हुन लागेको अन्तर विद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगितामा सहभागी १६ विद्यालयलाई चार समूहमा विभाजन गरेर खेल तालिका निकालिएको हो ।
समूह एमा यूनिक ,सुषमा गोदावरी, इटहरी मोडल,लिटल पीस, समूह बी मा डीभीयम,महेन्द्र मेमोरियल, विश्व आदर्श, ग्रीन पीस, समूह सी मा वाइ पोइन् टीनग, स्याक्रेड हार्ट, कोशी, माउन्ट मकालु तथा समूह डी मा सुनसरी क्रिस्टल,पशुपति, लर्ड बुद्द र एस ओ एस रहेका छ्न् ।
प्रतियोगिताका उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।
लिग आधारमा हुने प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित प्रमाण–पत्र प्राप्त गर्नेछन् ।