काठमाडौं । दक्षिण अफ्रिकाले आयरल्याण्डविरुद्धको दुई खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ ।
इंग्ल्याण्डको ब्रेस्टोलमा शुक्रबार राति भएको खेलमा ४४ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज २-० ले क्लिन स्विप गरको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ७ बल बाँकी रहदै अलआउट भएर १ सय ३८ बनायो ।
उसका ह्यारी टेक्टरले ३४ तथा ब्यारी म्याक्कार्थीले ३२ रन बनाए । पउल स्टर्लिङले २८ तथा कुर्थिस च्याम्पिफियरले १९ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि वायन पार्नेलले ५ तथा डेनियल प्रिरियसले ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।
उसका रिजा हेन्ड्रिक्सले ४२ तथा हिनरिच केल्सनले ३९ रन बनाए । कप्तान डेबिड मिलरले अविजित ३२ तथा एडम माकरमले २७ रन बनाए ।
आयरल्याण्डका गरिथ डिलेनले २ विकेट लिए ।