काठमाडौं । टी-१० लिग इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि मिक्स्माण्डुले हात पारेको छ ।
मंगलबार भएको फाईनलमा ब्रदर्श-११ लाई २६ रनले पराजित गर्दै मिक्स्माण्डुले उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मिक्स्माण्डुले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ७६ रन जोडेको थियो। मिक्स्माण्डुका लागि प्रतिष जिसीले सर्वाधिक १६ रनको योगदान गरे। बलिङतर्फ ब्रदर्श ११ का दुर्गेश थापाले २ विकेट लिए।
जवाफमा ७७ रनको लक्ष्य पछ्याएको ब्रदर्श ११ ९.१ ओभरमा ४९ रनमा समेटिन पुग्यो। उसका दुर्गेश थापाले २२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्। फाईनल खेलमा ब्रदर्श ११ लाई सस्तैमा समेट्न प्लेयर अफ दि म्याच घोषित भएका मिक्स्माण्डुका अविनाश बश्यालले २ ओभरमा मात्र ७ रन खर्चिएर १ विकेट हात पारे।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान टिम सुबिसुका दिपेश दास घोषित भए। यस्तै ब्रदर्श ११ का लोकेन्द्र बिस्ट उत्कृस्ट बलर तथा मिक्स्माण्डुका प्रतिष जिसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
उपाधिसंगो मिक्स्माण्डुले नगद ३० हजारसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो। बिजेता टोलीलाई ट्रफी तथा प्रमाण पत्र प्रेस काउन्सिल नेपालका प्रेसिडेन्ट बालकृष्ण बस्नेतले हस्तान्तरण गरेका थिए।