काठमाडौं । पूर्व क्रिकेटर तथा अष्ट्रेलिया क्रिकेट टिमका मुख्य प्रशिक्षक जस्टिन लाङगरलाई अष्ट्रेलियन हल अफ फेममा समावेश गरिएको छ ।
अष्ट्रेलियाको टेस्ट क्रिकेट टिमका पूर्व ओपनर लाङगरले अष्ट्रेलियाले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदशर्न गर्दा लाङगरले म्याथ्यू हाइडेनसँग उत्कृष्ट साझेदारी गरेका थिए ।
लाङगरले टेस्ट क्रिकेटबाट सन्यास लिदा ७ हजार ६ सय ९६ रन बनाएका थिए ।
क्रिकेटबाट सन्यास लिएपछि लाङगरले घरेलु टिमको प्रशिक्षकको रुपमा तथा सन् २०१८ मा अष्ट्रेलियाको मुख्य प्रशिक्षकमा नियुक्त भए ।
सन् २०१९ को विश्वकपमा अष्ट्रेलियालाई सेमिफाइनलसम्म पुर्याएका लाङगरले सन् २०२१ मा आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि जिताउन सफल भए ।
लाङगरकै प्रशिक्षणमा अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको ५ खेलको एसेस टेस्ट सिरिज ४–० ले जितेको थियो ।
लाङगरसँगै महिला क्रिकेट टिमकी पूर्व कप्तान तथा फास्ट बलर राइली थोम्पसनलाई पनि अष्ट्रेलियन हल अफ फेममा समावेश गरिएको छ ।