काठमाडौं । वेस्ट इन्डिजले भारतविरुद्धको एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेको छ ।
वेस्ट इन्डिज क्रिकेटले केइरन पोलार्डको कप्तानीमा सिरिजका लागि टोली घोषणा गरेको हो ।
वेस्ट इन्डिजले घोषणा गरेको टिममा केमार रोचले पुनरागमन गरेका छन् ।
वेस्ट इन्डिजले घरेलु टोली भारतसँग ३ खेलको एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट सुरु हुनेछ ।
यस्तै फेब्रुअरी १६ मा पहिलो टी-ट्वान्टी हुनेछ ।
वेस्ट इन्डिज टोली :
केइरन पोलार्ड, फाबियन एलन, एनकुर्माह बोनर, डरेन ब्राभो, शामरह ब्रोक्स, जासन होल्डर, साई होप, अकिल होसेन, अल्जारी जोसेफ, ब्राण्डन किङ, निकोलस पुरण, केमार रोच, रोमारियो शेफर्ड ,ओडिन स्मिथ, हायदेन वाल्श