काठमाडौं । इंग्ल्यान्डविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा वेस्ट इन्डिजले जित निकालेको छ ।
ब्रिजटाउनमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई २० रनले हराएको हो ।
वेस्ट इन्डिजले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका टम बानटनले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । फिल साल्टले पनि ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
वेस्ट इन्डिजका रोमारियो शेफार्टले ३ तथा केइरन पोलार्डले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि रोभम्यान पावेलले १ सय ७ रनको शतकीय इनिङ्स खेले ।
निकोलस पुरणले ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस जितसँगै पाँच खेलको सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता बनाएको छ ।