काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको छ ।
बीसीसीआईले बुधबार रोहित शर्माको कप्तानीमा सिरिजका लागि टोली घोषणा गरेको हो ।
चोटको कारण दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाएका रोहित वेस्ट इन्डिजविरुद्ध भने टिममा फर्किएका हुन् ।
यस्तै कुलदिप यादव समेत टिममा फर्किएका छन् । बलर कुलदिपले पछिल्लो ६ महिनायता क्रिकेट खेलेका छैनन् ।
दिपक होडा पहिलो पटक एकदिवसीय टोलीमा अटाएका छन् ।
भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय र ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट सुरु हुनेछ ।
यस्तै फेब्रुअरी १६ मा पहिलो टी-ट्वान्टी हुनेछ ।