काठमाडौं । श्रीलंकाका पूर्व कप्तान लासिथ मालिंगा श्रीलंका क्रिकेट टिमको बलिङ स्ट्राटेजी प्रशिक्षक नियुक्त भएका छन्।
अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि मालिंगा बलिङ स्ट्राटेजी प्रशिक्षक नियुक्त भएका हुन् ।
श्रीलंका क्रिकेटले फेब्रुअरी १ देखि २० सम्म मालिंगालाई बलिङ स्ट्राटेजी प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
श्रीलंकाले अष्ट्रेलियाविरुद्ध पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
सिरिज फेब्रुअरी ११ बाट सुरु हुनेछ ।
बलर मालिंगाले गत सेप्टेम्बरमा सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
मालिंगाको कप्तानीमा श्रीलंकाले २०१४ मा टी-ट्वान्टी विश्वकप जितेको थियो।
३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २ सय २६ एकदिवसीय र ८४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
श्रीलंकाका लागि उनले टेस्टमा १ सय १, एकदिवसीयमा ३ सय ३८ र टी-ट्वान्टीमा १ सय ७ विकेट लिएका छन्।