काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक अफ्ताब बालोचको निधन भएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अफ्ताबको निधन भएको जनाएको छ ।
अफ्ताबको ६८ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
अफ्ताब सन् २००१ मा नेपालको प्रशिक्षक रहेका थिए ।
नेपालले २००१ मा क्यानडामा भएको आईसीसी ट्रफी खेल्दा उनी प्रशिक्षक रहेका थिए ।
तर, क्यानडाले भिसा नदिएपनि उनी क्यानडा जान पाएका थिएनन् ।
त्यस्तै उनको प्रशिक्षणमा नेपालले बंगलादेशमा एसीसी यू–१७ एसिया कप खेलेको थियो ।
अफ्ताबले पाकिस्तानका दुई टेस्ट खेलेका थिए ।