काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको नयाँ टोली लखनउको फ्रेन्चाईज नाम सार्वजनिक भएको छ ।
लखनउले सोमबार आफ्नो फ्रेन्चाईज नाम सार्वजनिक गरेको हो ।
सन्जिब गोयन्का ग्रुप ( आरपीएसजी ) को स्वामित्वमा रहेको लखनउले आफ्नो फ्रेन्चाईज नाम 'लखनउ सुपर जाइन्टस' राखेको छ ।
यस्तै लखनउले टिमको कप्तान समेत सार्वजनिक गरेको छ ।
लखनउको कप्तानी केएल राहुलले गर्ने छन् ।
नयाँ संस्करणको आईपीएल मार्च अन्तिम साताबाट आयोजना हुने बताईएको छ ।
क्रिकेटसम्बन्धि वेबसाइट क्रिकइन्फोले आईपीएलको नयाँ संस्करण मार्च २७ बाट सुरु गर्ने तयारी भएको जनाएको छ । प्रतियोगिता मे अन्तिमसम्म चल्नेछ ।
नयाँ संस्करणको आईपीएलमा १० टोलीको सहभागिता हुनेछ । यस अघि ८ टोलीले खेल्दै आएका थिए ।
नयाँ संस्करणको मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।
आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् ।