काठमाडौं । जिम्बावे क्रिकेट टिमका पूर्व कप्तान ब्रेन्डन टेलरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफूलाई वर्षौसम्मको प्रतिवन्ध लगाउन लागेको खुलासा गरेका छन् ।
खेल मिलेमतोका लागि भारतीय व्यवसायीले गरेको प्रयासका बारेमा ढिलो गरी सूचना दिएको भन्दै आईसीसीले आफूलाई प्रतिवन्ध लगाउन लागेको टेलरले बताएका हुन् ।
टेलरका अनुसार सन् २०१९ मा प्रायोजन तथा जिम्बावेमा टी–ट्वान्टी प्रतियोगिता गराउने भन्दै भारतीय व्यवसायीलाई भेटेका थिए ।
तर भारतीय व्यवसायीले आफूलाई एक पार्टीमा लगेको तथा त्यहा आफूलाई कोकिन प्रयोग गर्न दिएको तथा आफूले पनि प्रयोग गरेको तर पछि त्यसको भिडियो खिचेर उक्त व्यवसायी तथा उनका सहकर्मीहरुले ब्ल्याकमेल गरेको टेलरले दावी गरे ।
टेलरका अनुसार भिडियो देखाउदै उनलाई खेल मिलोमतो गर्न धम्कि दिएका थिए ।
उक्त व्यापारीले टेलरलाई खेल मिलोमतो गर्नका लागि तत्काल १५ हजार अमेरिकी डलर दिएको तथा काम पुरा भए थप २० हजार डलर दिने वाचा गरेका थिए ।
तर आफूले चार महिनापछि मात्र आईसीसीलाई यसबारे जानकारी गराएको टेलर दावी गरे ।
टेलर परिवारको रक्षाका लागि पनि सुरुआतमा आईसीसीलाई यसबारे जानकारी नगराएको बताए ।
टेलरले सन् २०११ देखि २१ सम्म जिम्बावेको ७१ खेलमा कप्तानीको भूमिका निर्वाह गरेका छन् ।
सो बीचमा उनले सन् २०१५ को विश्वकपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि सन् २०१७ मा पुन टिममा फर्किएका थिए ।