काठमाडौं । अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हाजलउड श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजबाट मैदान फर्किएका छन्।
चोटको कारण मैदान बाहिर रहेका जोस आगामी महिना मैदान फर्कने भएका हुन् ।
अष्ट्रेलियाले आगामी महिना श्रीलंकाविरुद्ध पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।
जोसले इंग्ल्यान्डविरुद्धको एसेस सिरिजको दौरान चोट बोकेका थिए ।
जोसले पहिलो टेस्टको दौरान छातीको करङमा चोट बोकेका थिए ।
उनले एसेस सिरिजको बाँकी खेल गुमाएका थिए ।