काठमाडौं । घरेलु टोली दक्षिण अफ्रीकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ ।
पर्लमा शुक्रबार दोस्रो एकदिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रीकाले सिरिज २-० ले आफ्नो बनाएको हो ।
यस जितसँगै दक्षिण अफ्रीकाले सिरिजमा २-० को अग्रता समेत बनाएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय आइतबार केप टाउनमा हुनेछ ।
भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रीकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रीकाको जितमा जानेमान मालनले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । क्विन्टन डी ककले ७८ रनको इनिङ्स खेल्दा कप्तान तेम्बा बाभुमाले ३५ रन बनाए ।
एडिन मार्क्रम ३७ रनमा अविजित रहदा रस्सी भान डेर डुसेन पनि ३७ रनमा अविजित रहे ।
भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र शार्दुल ठाकुरले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो ।
भारतका ऋषव पन्तले ८५ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान केएल राहुलले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै शार्दुल ठाकुरले अविजित ४० रन जोड्दा शिखर धवनले २९ रन बनाए । रविचन्द्र आश्विन २५ रनमाअविजित रहदा विराट कोहली सुन्य रनमा आउट भए । भेन्काटेस आयर २२ रनमा आउट भए ।
दक्षिण अफ्रीकाका ताब्रेज शास्मीले २ विकेट लिए ।