काठमाडौं । घरेलु टोली श्रीलंकाले जिम्बावेविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।
शुक्रबार राति तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई १ सय ८४ रनले हराउँदै श्रीलंकाले ३ खेलको सिरिज २-१ ले आफ्नो बनाएको हो ।
श्रीलंकाले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावे २४ ओभर ४ बलमा ७० रन जोड्दा अलआउट भएपछि घरेलु टोलीले सिरिज आफ्नो बनाएको हो ।
जिम्बावेका लागि कैटानोले सर्वाधिक १९ रन बनाए । रायन बर्लले १५ रन जोडे ।
श्रीलंकाली बलरसौ अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
जिम्बावेलाई सस्तैमा समेट्न श्रीलंकाका जेफ्री भान्डरसेले ४ विकेट लिए । रमेश मेन्डीस र दुश्मन्था चामिराले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।
श्रीलंकाका पाथुम निशान्काले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । चारिथ अस्लान्काले पनि ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
कुशल मेन्डीसले ३६ रन जोड्दा चामिका करुनारत्नेले ३० रन जोडे ।
जिम्बावेका रिचार्डले १ विकेट लिए ।