काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ ।
दोहामा शुक्रबार भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ३६ रनले हराएको हो ।
अफगानिस्तानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४८ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका स्कट एड्वार्डले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सिलारले ३२ रन बनाए ।
अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । यामिन अहमदजाइ र मुजिब उर् रहमानले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २२ रन जोडेको थियो ।
अफगानिस्तानका हस्मुदउल्लाह शाहिदीले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रहमत शाहले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा उश्मान घानीले २४ रन बनाए ।
नेदरल्यान्ड्सका ब्रान्डोन ग्लोभरले ३ विकेट लिए । फ्रेड क्लासेनले २ विकेट लिए ।
यस जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।