काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले ओमानमा अन्य तीनदेशसँग टी–ट्वान्टी सिरिज खेल्ने भएको छ ।
नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानविरुद्धको टी–ट्वान्टी सिरिज खेल्ने भएको हो ।
ग्लोबल छनोटको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेबु्रअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ ।
यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
समूह ‘ए’ अन्तर्गत विभाजन भएको ग्रुप टु मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।
तर छनोट अघि तयारीको रुपमा नेपालले टी–ट्वान्टी खेलहरु खेल्न लागेको हो ।
यसका लागि नेपाली टोली फेब्रुअरी ९ तारिखमा ओमान प्रस्थान गर्दैछ ।