काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले 'आईसीसी ओडीआई टिम अफ दि इयर' सार्वजनिक गरेको छ ।
आईसीसीले बिहीबार पाकिस्तानका बाबर आजमको कप्तानीमा टिम अफ दि इयर सार्वजनिक गरेको हो ।
आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको टिम अफ दि इयरको कप्तान समेत आजम रहेका थिए ।
आईसीसीले सार्वजनिक गरेको टिममा आजमसँगै पाउल स्ट्रलिङ, जानीमन मालन, फखर जमान, रस्सी भान डेर डुसेन, शकिब अल हसन, मुस्फिकर रहमान, वानिन्दु हसरंगा, मुस्ताफिजुर रहमान, सिमि सिंह र दुश्मन्था चामिरा रहेका छन् ।
टिम अफ दि इयरमा भारतका कुनैपनि खेलाडी परेका छैनन् ।