एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टिम सनराइजर्स हैदरावादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ ।
हैदरावादले शनिबार विलियम्सनलाई कप्तान चयन गरिएको जनाएको छ ।
विलियम्सन जारी सिजन भरका लागि कप्तान चयन भएका हुन् ।
हैदरावादले डेभिड वार्नरबाट कप्तानी खोस्दै विलियम्सनलाई जिम्मेवारी दिएको हो ।
यस सिजन हैदरावादले खराब प्रदर्शन गरिरहेको छ ।
हैदरावादले ६ खेलमा ५ हार व्यहोरेको छ ।
हैदरावाद १ खेलमा जितसहित २ अंक जोडेर पुछारमा रहेको छ ।