एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई जितका लागि १ सय ८० रनको लक्ष्य दिएको छ ।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए ।
यस्तै क्रिस गेलले ४६ रन जोड्दा हर्प्रितले अविजित रहदै २५ रन बनाए ।
बैंगलोरका केली जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १/१ विकेट लिए ।
आज पन्जाब तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
पन्जाब ६ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
बैंगलोर भने छैटौं जित निकाल्ने योजनामा रहेको छ ।
बैंगलोर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बैंगलोर आज पन्जाबलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।