एजेन्सी । आईपीएलको १४ औं संस्करण आज (शुक्रबार) साँझबाट सुरु हुँदैछ । पहिलो खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । दुबै टोलीमा उत्कृष्ट लयमा रहेका खेलाडी भएकाले पहिलो खेलमा सर्वाधिक रन बन्न सक्ने अनुमान गरिएको छ ।
यो खेलमा यस सिजनको पहिलो शतक बन्न सक्ने सम्भावना पनि प्रबल रहेको छ । यस खेलमा मुम्बईविरुद्ध भारी पर्नसक्ने तीन बैंगलोरका खेलाडी यसप्रकार छन् ।
विराट कोहली
आरसीबीका कप्तान विराट कोहलीले यस सिजन ओपनिङ गरेको देख्न पाइनेछ । उनले यसअघि नै बैंगलोरको सुरुवात आफैबाट गर्ने बताएका थिए ।
तथ्यलाई हेर्ने हो भने कोहलीले ओपनिङ रहेको आईपीएलमा उनले आक्रमक लामो समयकोलागि रहेको पाईन्छ ।
सोही कारण कोहलीले मुम्बईविरुद्ध पहिलो खेलमा शतक बनाउन सक्ने प्रबल सम्भावना देखिन्छ । उनी लामो समय क्रिजमा टिक्न सकेमा मुम्बईकालागि महंगा सावित हुनेछन् ।
एबी डीविलियर्स
एबी डीविलियर्स बैंगलोरका सबैभन्दा भरपर्दा ब्याट्सम्यान मध्येका एक हुन् । उनले व्यक्तिगत क्षमतामा आईपीएलका कयौं खेल बैंगलोरलाई जिताएका छन् ।
यूएईमा आयोजना भएको पछिल्लो सिजनको आईपीएलमा पनि उनको प्रदर्शन लोभलाग्दो रहेको थियो । यसपटक पनि सोही लयलाई कायम राख्न सक्ने अनुमान गरिएको छ । एबी डीविलियर्सको उत्कृष्ट प्रर्दशन रहेमा मुम्बईको हारको कारण बन्न सक्नेछन् ।
ग्लेन म्याक्सवेल
ग्लेन म्याक्सवेललाई यस सिजनको अक्सनमा बैंगलोरले महंगो रकममा अनुबन्ध गरेको छ ।
गत सिजन खासै चल्न नसकेको म्याक्सवेलको ब्याट यस सिजन चल्न सकेमा कुनै पनि समय कुनै पनि खेलको नतिजा बदल्न सक्ने क्षमता राख्छन् ।