काठमाडौं । टिम डिएससी काठमाडौंले द अरनिको ट्रफी २०२१ मा विजयी सुरुवात गरेको छ ।
डिएससी काठमाडौं र गण्डकी प्रदेशबीच ५० ओभरको महिला ६ एक दिवसिय सिरिजको पहिलो खेलमा डिएससी काठमाडौं गण्डकी प्रदेशमाथि २ विकेटको जित हात पार्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको गण्डकी प्रदेश ३७.३ ओभरमा सवै विकेट गुमाउँदै १५३ रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि अञ्जली बि.क.ले ७९ बल खेल्दै ३७ रन जोडेकी थिईन् । यस्तै सृष्टि पौडेल ३७ बलमा २६ रन र सिमाना के.सी.ले २७ बलमा २० रनको योगदान दिएका थिए ।
बलिङतर्फ डिएससीकी खुशी डङ्गोलले ९ ओभरमा ३९ रन खर्चदै ३ विकेट लिएकी थिईन् । यस्तै राजमती ऐरीले ५ ओभरमा १ मेडन सहित ५ रनमा २ विकेट हात पारेकी थिईन् ।
१५४ रनको लक्षका साथ मैदानमा आएको डिएससी काठमाडौंले २४.२ ओभरमा ८ विकेटको क्षतीमा लक्ष पुरा गर्यो । जसमा राजमती ऐरीले ४७ बलमा ३६ रन जोडिन् । यस्तै हेलिशा गुरुङ्गले २६ बल खेलदै १९ रन र अश्मिना कर्माचार्यले ४३ बल खेल्दै १८ रन जोडिन् ।
बलिङतर्फ गण्डकी प्रदेशकी अलिशा लामिछानेले ९.२ ओभर बलमा ५२ रन खर्चदै ६ विकेट लिईन् । यस्तै शिला रेग्मी क्षेत्रीले ५ ओभरमा १ मेडनका साथ २९ रन खर्चदै १ विकेट लिईन् ।
प्रतियोगिताको प्लेयर अफ दि म्याच डिएससी काठमाडौंकी राजमती ऐरी घोषित भईन् ।
महिला खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले डिएससी काठमाडौं र गण्डकी प्रदेशबीच ६ एक दिवसिय फ्रेण्डली प्रतियोगिता आयोजना गरिएको हो । जसमा तीन एक दिवसिय खेल पोखरामा र ३ खेल काठमाडौंमा आयोजना हुनेछ ।