एजेन्सी । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले कोरोना भाईरस प्रभावित क्लबका लागि ६० मिलियन पाउण्ड सहयोगको घोषणा गरेको छ ।
ईसीबीले कोरोना प्रभावित काउन्टी क्लब र अन्य क्लबलाई ६० मिलियन सहयोग गर्ने जनाएको छ ।
चीनबाट फैलिएको कोरोनाको कारण आगामी मे २८ सम्म क्रिकेट गतिविधि स्थगित गरिएको छ ।
ईसीबीका प्रमुख कार्यकारी टम ह्यारिसनले बोर्डले इतिहासकै सर्वाधिक ठुलो चुनौतीको सामना गरिरहेको कारण सहयोगको घोषणा गरेको बताएका छन् ।
ईसीबीले ४० मिलियन फस्ट क्लास काउन्टी क्रिकेट क्लबलाई छुट्टाएको छ । बाँकी २० मिलियन ग्रासरुट क्लबलाई बिना ब्याज ऋण दिईने छ।
यस्तै इंग्ल्यान्डका खेलाडीको तलब कटौती नगरिएको समेत ईसीबीले जनाएको छ ।