एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमका पूर्व कप्तान शेन वार्नले अष्ट्रेलियन टिमलाई स्मिथ स्टिभको कप्तानी भन्दा उत्कृष्ट ब्याटिङको खाँचो रहेको रहेको बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै वार्नले अहिले स्मिथले कप्तानीमा भन्दा ब्याटमा जोड दिनु पर्ने बताएका हुन् ।
'म स्मिथको ब्याटिङ हेर्न चाहन्छु । अन्य कुराको चिन्ता म चाहन्न । म केवल ब्याट र ब्याट चाहन्छु,' वार्नले भने, 'उ मैदानको लिडर हो । त्यसैले उ कप्तान हुनु आवश्यक छ जस्तो लाग्दैन ।'
सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध बल टेम्परिङको आरोपमा स्मिथलाई क्रिकेट अष्ट्रेलियाले दुई वर्ष कप्तानी गर्न निलम्बन गरेको थियो । तर, उनको दुई वर्षे कप्तानी निलम्बन गत आइतबारबाट फुकुवा भएको थियो ।
यस्तै वार्नले स्मिथ पुन अष्ट्रेलियाका कप्तान बन्ने समेत बताए ।
'म पक्का छु स्मिथ फेरी कप्तान बन्ने छन्,' वार्नले भनेका छन् ।
स्मिथ निलम्बनमा परेपछि टिम पेनेले अष्ट्रेलियाको टेष्ट टिमको कप्तानी सम्हाल्दै आएका छन् ।