एजेन्सी । कोरोना भाईरसविरुद्ध लड्न भारतीय क्रिकेट टिमका सदस्य रोहित शर्माले ८० लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कोरोना भाईरसको महामारीविरुद्ध लड्न रोहितले प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गरेका हुन् ।
भारतका उपकप्तान समेत रहेका रोहितले प्रधानमन्त्रीको कोषमा ४५ लाख सहयोग गरेका हुन् । यस्तै महाराष्ट्रको मुख्यमन्त्री कोषमा २५ लाख तथा जोमाता फिडीङ इण्डिया र वेलफेयर अफ स्ट्रे डग्सलाई ५/५ लाख सहयोग गरेका हुन् ।
चीनबाट फैलिएको कोरोनाको कारण भारत पनि प्रभावित भएको छ । भारतमा कोरोनाले ३० भन्दा बढीको मृत्यु भईसकेको छ ।
कोरोनाविरुद्ध लड्न यस अघि पूर्व क्रिकेटर सचिन तेन्दुलकरले ५० लाख, राष्ट्रिय टोलीका सदस्य सुरेश रैनाले ५२ लाख, अजिन्का रहानेले १० लाख र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।