एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबीले युएईमा जारी टी-१० क्रिकेट लिगमा अहिले डेकन ग्लाडीयटर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
शेख जायद स्टेडियममा पारसको टिम आबु धाबीले ग्लाडीयटर्सलाई जितका लागि १ सय १९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनायो ।
आबु धाबीका लागि वेनी मेड्सेनले २९ रन जोड्दा लुक राइटले २३ रन बनाए । लेवीस ग्रिगोरी २० रनमा अविजित रहे ।
ग्लाडीयटर्सका फावद अहमेदले २ विकेट लिए ।
ग्लाडीयटर्सविरुद्ध पारस भने प्लेईङ सेटमा अटाएका छैनन् । सुरुवाती दुई खेल खेलेका पारस लगातार तेस्रो खेलमा टिम बाहिर रहेका हुन् ।