काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्स र मराठा अरेबियन्सबीचको खेल नतिजा विहीन भएको छ ।
आबु धाबीमा वर्षाले खेल प्रभावित भएपछि कर्नाटका र अरेबियन्सबीचको खेल नतिजा विहीन सकिएको हो ।
अरेबियन्सले दिएको १ सय ३० रनको लक्ष्यसहित कर्नाटकाले जवाफी ब्याटिङ गर्ने तयारी गरिरहदा वर्षाको कारण खेल स्थगित भएको हो । खेल स्थगित भएपछि दुवैले एक एक अंक पाएको छ ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अरेबियन्सले १० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
कर्नाटका लागि क्रिस लिनले ६१ तथा एडम ल्याइथले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
कर्नाटकाका लागि अहमेद राजा, नाथन र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
सन्दीपले २ ओभरमा २५ रन खर्चिएर १ विकेट लिएका हुन् ।
खेल स्थगित भएपछि सुपर लिगमा कर्नाटका ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । यस्तै अरेबियन्स ५अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।